×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा समितिले वाणिज्य र विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने, ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बीमा समितिले वाणिज्य बैंक र विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले आज एक सूचना जारी गर्दै इच्छुक वाणिज्य बैंक र विकास बैंकहरुले  शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको हो । 
समितिद्वारा सूचनामा इच्छुक बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा/नोक्सान, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोषलगाएका जानकारी खुलाउनुपर्ने समितिमा पेस गर्नुपर्ने उल्लेख छ  ।
इच्छुक बैंकहरुले ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेछ । यद्यपि समितिले मुद्दती निक्षेपमा लगानी गर्न चाहेको रकम भने सूचनामा उल्लेख गरेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: