×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बीमा समितिले भन्यो – ‘कोरोना लागेका कर्मचारीको सम्पूर्ण खर्च व्यहोर्नू, तलबसहित अतिरिक्त पनि विदा उपलब्ध गराउनू’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई संक्रमित कर्मचारीको सम्पूर्ण खर्च व्यहोर्न निर्देशन दिएको छ । समितिले सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै संक्रमित कर्मचारी तथा निजको सम्पर्कमा रहेका कर्मचारीसमेतलाई पिसिआर परिक्षण शुल्कलगायत सम्पुर्ण खर्च व्यहोर्न निर्देशन दिएको हो ।
जस अनुसार कर्मचारीलाई घर, अस्पताल वा आईसोलेसन वा क्वरेण्टाइनमा सुरक्षित रुपमा राख्ने व्यवस्था कम्पनीको स्वयमले मिलाउनुपर्नेछ । साथै कर्मचारीको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपश्चात मात्रै कार्यालय आउने व्यवस्था मिलाउनु पर्नेछ । 
यस्तै बीमा कम्पनीले आईसोलेसन वा  क्वरेण्टाइन बसेका कर्मचारीलाई उक्त अवधिको पूरा तलबसहित अतिरिक्त विदा उपलब्ध गराउने तथा हाजिरीमा अतिरिक्त विदा र वर्क फ्रम होम उल्लेख गर्ने व्यवस्था मिलाउनुपर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: