×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्सको २४औं वार्षिक साधारणसभा स्थगित, यस्तो छ कारण !

GLOBAL IME BANK

बेष्ट फाइनान्सको २४औं वार्षिक साधारणसभा स्थगित, यस्तो छ कारण !

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बेष्ट फाइनान्सको २४औं वार्षिक साधारणसभा स्थगित भएको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेपछि सरकारले निषेधाज्ञा जारी गरेपछि कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।
फाइनान्सले वैशाख ३१ गते साधारणसभा बोलाएको थियो । सञ्चालक समितिको बैशाख १८ गते शनिबार सम्पन्न ५२१ औं बैठकले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सभा स्थगित गरेको हो । सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने सामान्य प्रस्ताव रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: