- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा बैतडीको दोगडाकेदार गाउँपालिका–३, खिरेगाउँका महिला वनबाट दाउरा घरसम्म ल्याउँदै गरेका महिलादेखि निषेधाज्ञा गरिएकाले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर दरबार क्षेत्र अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक नभएपछि सुनशान देखिएकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
बैतडीको दोगडाकेदार गाउँपालिका–३, खिरेगाउँका महिला वनबाट दाउरा घर ल्याउँदै । गाउँघरमा दाउरा खाना पठाउन र गाईवस्तुलाई कुँडो पकाउन प्रयोग गरिन्छ ।

कोभिड( १९ को महामारीको कारण सरकारले निषेधाज्ञा गरिएकाले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर दरबार क्षेत्र अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक नभएपछि सुुनशान देखिएको रमाईलो दरबार क्षेत्र ।

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –६, सिमेन र फोक्सुण्डो गाउँपालिका –१ कोमासको बीचमा निर्माण हुन लागेको नेपाल टेलिकमको टावरको सामग्री जुफालबाट हेलिकोप्टरमा ढुवानी गरिँदै । सडक सञ्जालले नजोडिएको उपल्लो डोल्पाका अधिकांश निर्माणका सामग्रीहरु हेलिकोप्टरबाट ल्याइन्छ ।

उपल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका –३ स्थित छोइलापास क्षेत्रको फेदीमा चौरी । यहाँको चौरी सामान ढुवानी गर्नका लागि प्रयोग गरिन्छ । सामुन्द्र सतहबाट पाँच हजार ५१ मिटर उचाइमा रहेको यस क्षेत्रबाट चीनको सिमाना तिन्जे जान गरिन्छ ।

काठमाडौँको हलचोकबाट बिहीबार देखिएको उपत्यकाको दृष्य । बङ्गालको खाडीमा आएको शक्तिशाली चक्रवातको असरले केही दिनदेखि उपत्यकामा पानी परेको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर क्षेत्रमा रहेको पचपन्न झ्याल दरबार ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित क्षत्रपाटी निःशुल्क चिकित्सालय भवन ।

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु आधारभूत अस्पताललाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पुका सभापति भीमलाल श्रेष्ठ । इकाइले स्वास्थ्य संस्थालाई मास्क, स्यानिटाइजर, फेसशिल्ड, पिपिईलगायतका सामग्री सहयोग गरेको छ ।

तनहुँको विमलनगरस्थित सव डिभिजन वन कार्यालयमा उत्पादन भएका बिरुवा । कार्यालयले उत्पादित बिरुवा कृषकलाई निःशुल्क उपलब्ध गराउने गरेको छ ।

उद्योग वाणिज्य सङ्घ जुम्लाको सभाहलमा चन्दननाथ नगरपालिकाले तयार पारेको २५ बेडको आइसोलेशन सेन्टर । पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि यहाँका स्थानीय तहले १० देखि ३० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्