×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ख्वप अस्पतालले अक्सिजन प्लान्ट व्यवस्थापन गर्ने, जुट्यो १ करोड ३५ लाख सहयोग

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्नका लागि विभिन्न सहकारी संस्था, सङ्घसंस्था र दाताबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा बिहीबार मात्र ७१ लाख ३१ हजार ९२७ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा यही जेठ ५ देखि १३ गतेसम्ममा १ करोड ३४ लाख ६९ हजार ६२५ सहयोग प्राप्त भएको छ ।
भक्तपुर नपाभित्रका सहकारी संस्थाबाट बिहीबार प्राप्त सहयोगमा सदिच्छा बचत तथा ऋण सहकारी संस्थाबाट ११ लाख ११ हजार १११, दियालो बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख, सञ्चित बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख, झींगु बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख, लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ११ हजार १११, महेश्वरी बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख १९ हजार ६५५ रहेको छ ।
त्यस्तै सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख, चोछेँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख ११ हजार १११, जय भीमसेन बचत तथा ऋण सहकारी संस्थाबाट ५० हजार, विकास बचत तथा ऋण सहकारी संस्थाबाट २५ हजार, आवश्यक कृषि सहकारी संस्थाबाट ५ हजार, श्री श्रद्धा बचत तथा ऋण सहकारी संस्थाबाट ५० हजार ५५५, आधुनिक कृषि सहकारी संस्थाबाट २५ हजार ६०, यक्षेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट १ लाख र कस्मिक बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख सहयोग प्राप्त भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
त्यस्तै व्यक्तिगत तर्फबाट स्व कृष्ण गोसाई/लक्ष्मी थकु गोसाईले रु १२ हजार ३३, कविन्द्र शाक्यरसुनिला माकले ३० हजार, हरिबहादुर कवांले ५० हजार ५०५, श्री सिद्धी गणेश मोटर पार्टस्बाट १० हजार १००, कृष्णप्रसाद ताम्राकारबाट १ लाख, कमलश्वरी सुवालबाट ५ हजार, सुबिन कवां (हाल अमेरिका)बाट २० हजार, नाति कवांबाट २० हजार, विश्वराम कवांबाट १ लाख, मीनबहादुर ग्वाछाबाट ५ हजार, प्रा.डा सिद्धिवीर कर्माचार्यबाट १लाख ४ हजार ४४४, आशकुमार कोजुबाट १ लाख र सत्यनारायण सुवालबाट २५ हजार ५५५ आर्थिक सहयोग जुटेको छ । तुल्सीकृष्ण बाटीबाट ५० हजार, बाबुराजा ह्यौम्बाबाट ११ हजार १११, रामबहादुर कसपालबाट १० हजार, जयसुन्दर हाडाबाट ५० हजार, तुल्सीमाया सुवालबाट रु एक लाख, रामप्रसाद प्रजापतिबाट १ लाख पाँच हजार, हरिकृष्ण महर्जन चन्द्रागिरिबाट ५० हजार तीन, ज्ञानमान डङ्गोल टोखाबाट १० हजार ११, अष्ट महर्जन चन्द्रागिरिबाट २५ हजार एक, अस्मिता महर्जन चन्द्रागिरिबाट २५ हजार १, आकृति त्वानाबासुबाट ५ हजार ५५५ र पृथ्वीकुमार प्रजापतिबाट ५० हजार ५०५ आर्थिक सहयोग प्राप्त भएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
त्यसैगरी ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङको तर्फबाट २५ लाख, २ नं वडा कृषक समूहबाट १० हजार, बाल विकास स्कूल (शिक्षक र कर्मचारी)को तर्फबाट १ लाख १ हजार १११, मेथिबारी युवा समूहबाट ९ हजार ५००, लोकेश्वर इन्टरप्राइजेजबाट रु पाँच हजार ३०३, श्रीश्री श्री इन्द्रायणी माता निजी गुठीबाट रु ५० हजार र इको प्यानल नेपाल प्रालिबाट रु एक लाख सहयोग प्राप्त भएको छ । गणेश समूहबाट रु ५० हजार, निवृत्त शिक्षक समाजबाट १ लाख, सिद्धिगणेश खेलकुद समितिबाट २० हजार एक, नवदुर्गा नास बचत समूहबाट रु ३० हजार ३३३, हाडा (बिजुक्छेँ) दिगु-द्यो जीर्णोद्धार समितिबाट १ लाख, वासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान, पुत्री सर्जनी जोशीमार्फत ५० हजार, भक्तपुर लायन्स समन्वय समितिबाट रु तीन लाख र कमलाभक्त फाउण्डेशनबाट र २ लाख २२ हजार २२२ सहयोग गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: