
भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेको सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । सूर्यविनायक नगरपालिका-८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शैयाको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार ७५ लाख बजेटको व्यवस्था गरेको छ । नेकपा (एमाले)का युवानेता एवं सांसद बस्नेतले बिहीबार अर्थ र स्वास्थ्य मन्त्रालयमा छलफल गरी अक्सिजन प्लान्ट सञ्चालनका लागि उक्त बजेटको व्यवस्था गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘कोभिड-१९ को दोस्रो लहरको महामारीमा सञ्चालनमा आउन लागेको नगर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने आवश्यकता देखेर मैले पहल गरेँ, आजै ७५ लाखको बजेट व्यवस्थापन गर्ने निर्णय भयो, अब छिट्टै अक्सिजन प्लान्ट पनि शुरु हुन्छ ।’ यसअघि उहाँकै पहलमा यस अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि १ करोड ५० लाख बजेटको व्यवस्था गर्नुभएको थियो ।
बस्नेतले भन्नुभयो, ‘केही दिनअघि मात्रै अर्थमन्त्री, स्वास्थ्यमन्त्री र सचिवहरूसँग छलफल गरेर भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माण गर्न भक्तपुर अस्पताललाई ३ करोड ८० लाख, नेपाल-कोरियामैत्री नगरपालिका अस्पताललाई ३ करोड १२ लाख ७० हजार र सूर्यविनायक अस्पतालका लागि समेत गरेर सङ्घीय सरकारबाट ८ करोड १ लाख ७० हजार बजेट व्यवस्था गरेको थिएँ, थप बजेटको व्यवस्था गरियो, जनताको स्वास्थ्य र सुरक्षाका लागि जनप्रतिनिधिको हैसियले सक्दो प्रयास गर्छु ।’ उहाँले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको बताउँदै यो सङ्कटको बेलामा विरोध गर्नेभन्दा पनि सहयोगको हात फैलाउनुपर्ने बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्