×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकै दिन, विहान-विहानै दुई पटक भूकम्पको धक्का, हुन लागेको के हो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एकै दिन, विहान-विहानै दुई पटक भूकम्पको धक्का, हुन लागेको के हो ?

Artha Sarokar

५ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । लगातार २ पटक एकाविहानै भूकम्प गएको छ । एक पटक विहान ५ बजेर ४२ मिनेटमा र एक पटक ८:३० बजे भूकम्पको धक्का महसुस भएको हो । पटक पटक भूकम्पको धक्का महसुस भएपछी जनता आत्तिएका छन् । यता लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए ।

उनका अनुसार भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको देखिन्छन् । भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी