Skip to content
LAXMI SUNRISE BANK

पछिल्लो एक सातामा बैंकबाट किन झिकियो यति ठुलो रकम ? कोरोनाको त्रास, उपचार खर्चको जोहो वा कारण अरु केहि ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो एक साता यता बैंक तथा वित्तीय संस्थाबाट ठुलो परिमाणमा रकम झिकिएको पाइएको छ । बैंकमा गएरमात्र होइन एटिएम मार्फत पनि निकै ठुलो परिमाणमा रकम झिकिएको पाइएको छ । विशेषगरी पछिल्लो एक सातामा सार्है अचम्मलाग्दो गरी ग्राहकले बैंकबाट पैसा झिकिरहेका छन् ।
‘एक साता यता पैसा झिक्नेहरुको चाप ठुलो छ । त्यसमा पनि पछिल्लो ३ दिन यता त पैसा निकै नै धेरै झिकिएको छ ।’ एनआइसी एशिया बैंक लिमिटेडका एक शाखा प्रबन्धकले भने, ‘हाम्रो शाखामा मात्र होइन देशभर खुलेका शाखाहरुमा रकम झिक्नेहरु बढेका छन् । र हाम्रो बैंकमा मात्र होइन सबैजसो बैंकमा रकम राख्ने निकै कम र झिक्ने सार्है बढी भएका छन् ।’ उनका अनुसार यसअघिको लकडाउनमा यसरी पैसा झिकिएको थिएन । किन झिकियो त यसरी पैसा ? कोरोनाको त्रास, उपचार खर्चको जोहो वा कारण अरु केहि ? हाम्रो प्रश्नमा बैंकका कर्मचारी भन्छन्- ‘पहिलाको लकडाउनमा यस्तो थिएन । अहिले त सार्है नै भैसक्यो । कोरोना भाइरसको संक्रमण दैनिक ७ हजार माथि पुगेपछि उपचारका लागि भन्दै यसरी रकम झिकिएको हुनसक्छ ।’
यता बैंक तथा वित्तीय संस्थाबाट झिकियो भन्ने एकिन विवरण थाहा पाउन भने कम्तिमा एक साता लाग्ने नेपाल राष्ट्र बैंकका कर्मचारी बताउँछन् । निषेधाज्ञा लब्बिने संकेत देखिएसँगै अहिले बैंकबाट नगद झिक्ने बढी देखिएको छ ।
अझ प्रशासनले बैंकहरु खोल्न अझ थप कडाइ गर्ने भएपछी यसरी पैसा निकाल्नेहरु बढेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK