×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनिश्चितकालका सर्यो आइक्यानको निर्वाचन, जेठ मसान्तभित्र चुनाव नभए के हुन्छ भन्ने विषयमा कानुन नै छैन !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आशन्न चुनाव अनिश्चितकालका लागि सरेको छ । कोरोना महामारीका कारण चुनाव गर्ने स्थिति नरहेपछि निर्वाचन अनिश्चितकालका लागि सरेको हो । कोरोना महामारी साम्य भएको खण्डमा मङ्सिरपछी चुनाव गर्ने तयारी आइक्यानको छ । अहिले जारी लकडाउन लगभग असारसम्म जाने स्थिति देखिएको छ भने असोजसम्म कुनै पनि पार्टी, जमघट, भेला गर्न नदिने सरकारको तयारी छ । यो हिसाबले पनि मङ्सिर अगाडी चुनाव सम्भव छैन ।

कोरोनालाई खेलाची सम्झने अबुझहरुको रुवाबासी

यसो त कुनै हालतमा पनि चुनाव हुनुपर्छ, केन्द्र थपेर भएपनि चुनाव हुनुपर्छ भन्दै केहि काउन्सिल सदस्यहरुले रुवाबासीझैं समेत गरेका थिए । जति धेरै चुनाव लम्बियो, आफ्ना भोटहरु काटिने सम्भावना बढेपछी रचुनावअगावै आफ्ना निकटका व्यक्तिहरुलाई आइक्यानले कारवाही गर्ने भएपछी र त्यसको मारमा आफ्नो उम्मेदवार हुने देखेपछी केहि काउन्सिल सदस्यहरु कोरोना-सोरोना जे भएपनि चुनाव हुनुपर्छ भन्दै लिडेढिपी गरिरहेका थिए । तर अन्तत: आइक्यानले निकै सुझबुझपूर्ण निर्णय गर्दै चुनाव सारेको छ ।

अव चुनाव कहिले हुन्छ ? चुनाव नहुन्जेल के हुन्छ ?

अव चुनाव मङ्सिर अगाडी हुँदैन । मङ्सिरसम्म पनि कोरोना महामारी साम्य नभए चुनाव झन् पछी धकेलिने निश्चित छ । यसो त आइक्यानको निर्वाचन जेठ मसान्तभित्र गरिसक्नुपर्ने कानुन थियो। जेठ मसान्तभित्र चुनाव नभएको खण्डमा के गर्ने भन्ने विषयमा प्रचलित कानुनले केहि पनि बोलेको छैन । यसकारण आइक्यान यो विषयलाई लिएर नेपाल सरकारको स्वीकृति लिन जान जरुरी देखिएको छ । अघिल्लो १५ बर्षे प्रकरणमा कानुन मन्त्रालयले आइक्यानले नेपाल सरकारको स्वीकृति लिनुपर्ने ठाउँमा अर्थ मन्त्रालय नभई मन्त्रीपरिषदको निर्णय आवश्यक हुने राय दिइसकेको छ । यहि कारण पनि अवको चुनाव सार्है अनिश्चित छ ।

प्रचलित कानुन अनुसार मदन शर्मा नै अध्यक्ष !

यसो त प्रचलित कानुन अनुसार मदन शर्मा नै अर्को निर्वाचन नहुँदासम्म अध्यक्ष हुनेछन् । उनी काम चलाउ नभई शक्तिशाली अध्यक्ष नै हुनेछन् । कानुनले पदावधी सक्किएका तर निर्वाचन भएर अर्को अध्यक्षलाई पद हस्तान्तरण नगर्दासम्म सोहि अध्यक्ष नै शक्तिशाली अध्यक्ष रहिरहने व्यवस्था गरेको छ । निर्वाचन सर्दा उम्मेदवारको खर्च र तनाव भने बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: