×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बृद्धभत्ता १००० ले बढ्यो, अव बृद्धबृद्धाले पाउनेछन् महिनाको ४ हजार !

  • अर्थ सरोकार सम्बाददाता

बृद्धभत्ता बढेर महिनाको ४ हजार पुगेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिएका छन् । यसका लागि उनले १ खर्ब रुपैयाँ विनियोजन गरेका छन् ।

अव साउन १ गतेबाट नेपालका सबै बृद्धबृद्धाहरुले महिनाको ४ हजार भत्ता पाउनेछन् । यो भत्ता अघिल्लो बर्षको भन्दा १ हजारले बढी हो । तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले शुरु गरेको वृद्धभत्तालाई अहिलेसम्म एमालेले आफ्नो बजेटमा प्राथमिकता दिंदै आएको छ ।

एमाले र माओवादी केन्द्रबीचको एकतापछि जारी भएको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पुर्याउने उल्लेख थियो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: