×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रवाशबाट लगानीकर्ताको गुनासो-‘ब्रोकर नम्बर ४२ ‘सनी सेक्युरिटिज’ले दिनुसम्म दु:ख दियो, हिसाबकिताबसमेत गडबड’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

प्रवाशबाट लगानीकर्ताको गुनासो-‘ब्रोकर नम्बर ४२ ‘सनी सेक्युरिटिज’ले दिनुसम्म दु:ख दियो, हिसाबकिताबसमेत गडबड’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो समय ब्रोकरहरुले लगानीकर्ताहरुलाई दुख दिने गरेको खबर नौलो होइन । विभिन्न बहाना गरेर, समयमा पैसा नदिने, प्रविधिलाई दोष देखाएर पैसा होल्ड गर्ने लगायतका बदमासी ब्रोकरहरुबाट भएको तथ्य पनि नौलो होइन । हुन पनि, ब्रोकरहरुको यस्तो रबैया यसकारण पनि जारी छ कि, नेपालका ब्रोकरहरुलाई कारवाही गर्ने आँट धितोपत्र बोर्डले हत्तपत्त गर्न सक्दैन । अझ बोर्डमा भीष्मराज ढुंगाना आएपछी त ब्रोकरहरुको बदमासी झन् दिनमा दुईगुणा, रातमा चौगुणा गरेर बढेको छ ।
तर अत्याचारले सिमा नाघेपछी ब्रोकरहरुको दादागिरी बढेपछी लगानीकर्ताहरु बोल्न थालेका छन् । यसैक्रममा प्रवाशमा बस्ने एक लगानीकर्ताले ब्रोकर नम्बर ४२ अर्थात सनी सेक्युरिटिजको मनपरीबारे खुलेरै सामाजिक संजालमा लेखेका छन् । ‘४२ नम्वरको यो सनी सेक्युरीटि नामक ब्रोकरले म लगाएत दक्षिण कोरीयामा काम गर्दै कारोवार गर्ने सबै लगानीकर्तालाई दिनु सम्म दु:ख दिएको छ’ आक्रोशपूर्ण गुनासो पोख्दै उनले लेखेका छन्, ‘आखिर कैले सम्म दादागिरी यि ब्रोकरहरूको?? कि काम गर्न असमर्थ भएको भए हात खडा गर।
२ हप्ता अघि बेचेको शेयरको रकमसमेत नपाएको बताउंदै उनले अफिसमा कैयौं पटक फोन गरेपनि फोन नउठ्ने गरेको समस्या पनि सुनाएका छन् । उनले सो ब्रोकर हाउसमा कारोबार गर्दा पैसा तलमाथि पर्ने गरेको अनुभव पनि साटेका छन् ।
‘धन्न मसँग इन्टरनेट बैंकिङ्ग थियो र प्रमाण दिएर अपडेट भयो नत्र …’ उनले ब्रोकरलाई सुझाव दिंदै लेखेका छन् – ८,९ अर्बको कारोवार धान्नै धौं धौं पर्ने ब्रोकरहरु २०,२५ अर्ब कारोवार गर्न सक्ने क्षमता कसरी सम्भव छ?सबै ब्रोकर लगाएत बिशे गरी सानी सेक्युरीटिलाई मेरो एउटै सुझाव,अनुरोध छ कि सकिन्छ राम्रोसँग व्यवस्थित तरीकाले सेवा दिनुस,समय मै राफसाफ गर्नुहोस,सकिदैन भने लाखौं लगानीकर्ताको भविष्यमाथि खेलवाड गर्ने अधिकार तपाईहरूलाई छैन, दुबै हात खडा गरी त्यो अफिस बन्द गरी घरमैं आनन्दले सुत्नुहोला ।
आखिर किन यस्तो भयो ? यस विषयमा बुझ्न हामीले सानी सेक्युरिटिजमा फोन गरेका थियौं । तर ब्रोकर हाउसको फोन नै उठिरहेको छैन ।
यता पटक पटक ब्रोकरहरुबाट यस्तो बदमासी हुँदा पनि धितोपत्र बोर्ड नबोल्दा र कारवाहीको आँट नगर्दा ब्रोकरहरु नमज्जासँग मात्तिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: