काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न सिंहदरबार पुगेका छन् । अध्यादेशमार्फत ल्याउन लागिएको बजेट प्रस्तुत गर्न अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका हुन् । बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छन् ।