×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१७ खर्ब रुपैयाँ हाराहारीको हुनेछ आगामी बजेट, सरकारी कर्मचारीको तलव बढ्ने, वृद्धभत्ता पुग्दैछ ५००० !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले आगामी बजेट १७ खर्ब रुपैयाँको क्याउने भएको छ । कोरोना महामारीका बीच सरकारले ०७८-७९ को बजेटको तयारी गरिरहेको छ । अर्थ मन्त्रालयको उच्च स्रोतका अनुसार कोरोना महामारी नियन्त्रणका लागि सबैभन्दा बढी स्वास्थ्यमा बजेट बिनियोजन गर्ने तयारी गरेको छ भने चुनावी घोषणापत्र अनुसार बृद्धभत्ता वृद्धिको तयारी सरकारले गरेको छ । सरकारले यो पटक बृद्धभत्तालाई ५००० रुपैयाँ प्रति महिना पुर्याउनेगरी बजेट ल्याउने भएको छ । यसो भएको खण्डमा एमाले सरकारलाई जनस्तरबाट ठुलो समर्थन हुने सरकारको बुझाई छ ।
अर्कोतर्फ यसपटक सरकारी कर्मचारीहरुको तलव पनि बढ्ने भएको छ । बजेट तयारीका लागि अर्थ मन्त्रालयमा युद्धस्तरमा काम भइरहेको मन्त्रालय स्रोतको दाबी छ ।’चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, कोरोना महामारीको दोस्रो लहर, खोपको आपूर्तिलगायत विषयलाई ध्यानमा राखेर निर्माण हुनेछ । त्यस अलावा कर्मचारीहरुको तलव पनि बढ्नेछ भने बृद्धभत्ता पनि बढ्नेछ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दे मन्त्रालय स्रोत भन्छ- ‘बजेटको तयारी लगभग अन्तिम चरणमा छ । बजेटका लागि मन्त्रालयहरूसँगको छलफल २५ गतेसम्म सकिनेछ भने त्यसपछि थप तयारी हुनेछ । प्राविधिकस्तरमा काम सक्नेबित्तिकै राजनीतिक तहमा हुने काम सकिनेछ । त्यसपछि बजेटको तयारी सकिन्छ ।’
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए । सरकारले कत्रो आकारको बजेट ल्याउला भन्ने अहिलेसम्म अनिश्चित भए पनि सरकारी कागजातले भने आगामी आव ०७८-७९ मा करिब १७ खर्ब रुपैयाँको बजेट हुने प्रक्षेपण गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: