
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट संसदबाटै ल्याउने संकेत गर्नुभएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयस्थित वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले संसद जिवित रहेको भन्दै आगामी आर्थिक वर्षको बजेट संसदबाटै आउने संकेत गर्नुभएको हो । बजेट अध्यादेशबाट आउँछ भन्ने शंका छ नि भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘पार्लियामेन्ट जीवित छ’ भन्ने संक्षिप्त प्रतिक्रिया दिनुभएको हो ।
प्रधानमन्त्री ओली संविधानको धारा ७६(३) अनुसार, संसदको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा बैशाख ३१ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आफ्नै पार्टी नेकपा एमाले भित्रको विवाद संगै संसदको बजेट अधिवेशन आव्हान गर्न ढिलाई हुनुले सरकारले फेरि पनि संसद विघटन गरि अध्यादेशबाट बजेट ल्याउने हो कि भन्ने आशंका राजनीतिकवृतमा गर्न थालिएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्