×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तोकिएको मिति भित्र कर तिर्न सकिँदैन, समय थप गरिदिनू’ : क्यान महासंघ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘तोकिएको मिति भित्र कर तिर्न सकिँदैन, समय थप गरिदिनू’ : क्यान महासंघ

Artha Sarokar

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सरकारलाई कर तिर्ने समय थप्न गर्न माग गरेको छ । महासंघले निषेधाज्ञाका कारण सरकारले तोकेको मिति भित्र कर तिर्न नसक्ने अवस्था आएको भन्दै समय थप गर्न माग गरेको हो । 
महासंघले कार्यालयसम्म पुग्न र विवरणहरु लिन नसकिने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर, अन्तः शुल्क, आय करको अग्रिम कर कट्टीलगायतका करहरुको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गर्न सरकारलाई आग्रह गरेको हो ।
यस्तै कपितय स्थानमा कर्मचारी आफै संक्रमित भएको तथा स्वास्थ्य संवेदशीलताका कारण कर्मचारीहरु कार्यालयसम्म आउन जान सक्ने अवस्था नभएका कारण तोकिएको समयमा कर विवरणहरु बुझाउन र कर भुक्तानी गर्न सकिने अवस्था नहुँदा २५ गते भित्र कर विवरण तथा कर भुक्तानी गर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिक रहेका भन्दै यसमा सहुलियतपूर्ण व्यवस्था गरिदिन पनि माग गरिएको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी