
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाण्डौले विहिबार सवारी अनुगमन गरेको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीसहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो । निषेधाज्ञामा काठमाण्डौका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम्र सडकमा निस्किएको हो ।
अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरिय प्रहरी परिषरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरुनै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उहाँले बताउनुभयो । उहाँले सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने बताउनुभयो । उहाँले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताउनुभयो ।
सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाण्डौको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्खुट्े लगायत स्थानको अनुगमन गरेको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्