×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईटहरीमा सेन्ट्रल फाईनान्सको १५औं शाखा संचालनमा, बिर्तामोडमा पनि नयाँ शाखा खोल्ने तयारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ईटहरीमा सेन्ट्रल फाईनान्सको १५औं शाखा संचालनमा, बिर्तामोडमा पनि नयाँ शाखा खोल्ने तयारी

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ईटहरी । सेन्ट्रल फाईनान्स लिमिटेडले प्रदेश १ को सुनसरीको ईटहरीमा नयां शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसंगै ईटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ्ग सेवामा सहज पहुंच पुग्नेछ । २०५४ साल बैशाखदेखि सञ्चालनमा रहेको यस वित्तीय संस्थाको २०७७ चैत्र मसान्तसम्ममा चुक्ता पुंजी रु. ८८ करोड १० लाख, निक्षेप रु. ५ अर्ब २६ करोड ६१ लाख र कर्जा लगानी रु. ३ अर्ब ८७ करोड ८३ लाख रहेको छ ।
ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको काठमाडौँको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा, धनुषाको जनकपुर गरी १२ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप प्रदेश १ कै झापाको बिर्तामोडमा थप शाखा खोल्ने तयारी रहेको छ ।
संस्थाले ATM, SMS Banking, ECC, IPS/Connect IPS, विभिन्न विप्रेशन Remittances तथा CASBA सेवाहरु जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको तथा छिट्टै Mobile Bankingसेवा सञ्चालन गर्न लागेको छ । साथै व्यक्तिगत खाताको लागि रु.३ लाखसम्मको निक्षेप बीमा गरिएको छ । संस्थाले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयां कर्पोरेट भवनबाट छिट्टै नै वित्तीय कारोबार प्रारम्भ गर्न लागेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: