
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले बजेटमार्फत शैक्षिक प्रमाणपत्र अर्थात सर्टिफिकेट धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । बजेटमा स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध हुने उल्लेख छ । हुन त यो व्यवस्था अहिले पनि छ । तर अहिले ७ लाख रुपैयाँसम्म रहेको यो व्यवस्थामा ३ गुणाभन्दा बढी परिवर्तन गर्दै २५ लाख रुपैयाँसम्म पुर्याइएको हो ।
सुन्दा मिठो, व्यवहारमा अफ्ट्यारो !
झट्ट सुन्दा निकै क्रान्तिकारी देखिने यो कदम पार्टी निकट बिद्यार्थी संगठनको मागका आधारमा ल्याइएको हो । सुरुमा नै विष्णु पौडेल अर्थमन्त्री हुँदा यस्तो व्यवस्था आएको थियो । तर यो कार्यक्रमबाट खासै कोहि लाभान्वित हुन सकेका छैनन् । कारण यसको प्रक्रिया एक त सार्है झन्झटिलो छ भने अर्कोतर्फ सामान्य बुझाई भन्दा धेरै फरक छ यो व्यवस्था । चालु आर्थिक वर्षको १० महिनामा यस्तो ऋण १३९ जनाले जनाले मात्रै उपयोग गरेका छन् । तीमध्ये अधिकांस नेताका आफन्त छन् ।
यता बैंकका सीइओहरुको दाबी भने मापदण्ड पूरा गरेर आए यस्तो ऋण दिन कुनै समस्या नरहेको बताउंदै आएका छन् । धेरैको समस्या कर्जा माग गर्न त आउने तर प्रक्रिया पूरा नगर्ने देखिएको छ । ‘मन्त्रीका आफन्तले अहिले पनि पाएका छन्, अरुले सम्झिने… पानी छाम्किने हो’ एक बैंकरले अर्थ सरोकार डटकमसँग भने, ‘यो सुन्दा सार्है राम्रो तर व्यवहारमा सार्है अफ्ट्यारो काम हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्