×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमितलाइ थप सहज, छत्रपाटी निः शुल्क चिकित्सालयमा पनि संक्रमितको उपचार हुने ! (भिडियो रिपोर्ट)

PRIME CA

संक्रमितलाइ थप सहज, छत्रपाटी निः शुल्क चिकित्सालयमा पनि संक्रमितको उपचार हुने ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाण्डौको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । काठमाडौँ महानगरको सहयोगमा बुधबार देखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैया र मासिक सञ्चालन खर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ उपलब्ध गराउने भएको छ ।
चिकित्सालयलाई विशेष कोभिड अस्पताल बनाउने बारेमा महानगर र चिकित्सालयबीच गत बैशाख ३१ गते सम्झौता भएको थियो । महानगरले सहयोग स्वरुप प्राप्त भएका २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ भने ३ वटा भेन्टिलेटरको रकम भुक्तानी गर्ने छ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो । उहाँले अस्पतालले नि: शुल्क उपचार सेवा प्रदान गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको शुभारम्भ गर्दै अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताउनुभयो । उहाँले महामारीमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने सबै खालका कामलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयो ।
महानगरले विभिन्न १२ वटा अस्पतालहरुसँग स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सहयोग गर्ने सम्झौता गरे अनुसार यो सहयोग उपलब्ध गराईएको हो । महानगरको सहयोगमा राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पताल लगायत विभिन्न अस्पतालमा भौतिक सुधारको क्षेत्रमा काम भइरहेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: