×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्त वित्तीय संस्थाले पायाे अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित ग्राहक संरक्षण प्रमाण पत्र

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

छिमेक लघुवित्त वित्तीय संस्थाले पायाे अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित ग्राहक संरक्षण प्रमाण पत्र

५ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले स्मार्ट अमेरिकाको क्याम्पियनबाट अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा गरेको विश्वका उत्कृष्ट वित्तीय संस्थाको रुपमा मान्यताको प्रमाणपत्र प्राप्त गरेका छ । अमेरिकाको वासिगंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षण सम्बन्धि ७ सिद्धान्त र १९२ मानकहरुलाई यस वित्तीय संस्थाले पुर्ण रुपमा पालना गरेको हुनाले संस्थाले उक्त प्रमाणपत्र प्राप्त गरेको हो ।
ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा, ग्राहकलाई अधिक ऋण ग्रस्त हुनबाट जोगाउने, संस्थाको प्रत्येक क्रियाकलाप पारदर्शिता, सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार बन्ने, ग्राहकको तथ्याङ्क तथा सुचनाहरु गोप्य राख्ने र ग्राहकको गुनासो सुनुवाई संयन्त्र चुस्थ र दुरुस्त बनाई राखेकाे कारण संस्था ग्राहक संरक्षण प्रमाण पत्र पाउन योग्य भएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले वताए ।
२०५८ सालमा नेपाल राष्ट्र बैंकबाट छिमेक विकास बैंकको रुपमा स्थापना भई हाल देशको ६७ जिल्लाका १७३ शाखा मार्फत कार्य गर्दै आइरहेको राष्ट्रिय स्तरको छिमेक लघुवित्त वित्तीय संस्थाले हालसम्म विकट गाउँ, पिछडिएका विपन्न वर्गका ३ लाख ८३ हजारभन्दा बढि परिवारहरुलाई आयमुलक क्षमता अभिवृद्धि कार्यक्रमका साथै वित्तीय साक्षरता सहित वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित सर्टिफिकेसन पाएसँगै संस्थालाई थप उर्जा प्राप्त भएकाे जाेशीले बताए । यस प्रमाणपत्र प्रक्रियामा निरन्तर सहयोग गर्दै आइरहेको युकेएड सक्षम एक्सेस टु फाइनान्स, गुड रिटर्न, एम–सीआरआईएल, सञ्चालकहरु, पूर्वप्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशी, संस्थाका कन्सल्ट्यान्ट नवीन सुवेदी, संस्थाका सम्पूर्ण कर्मचारी र ग्राहकप्रति संस्थाले विशेष आभार प्रकट गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: