- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । छ्याङदी हाइड्रोपावरले ३०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बोर्डले अनुमति दिएसंगै कम्पनीको हकप्रद निष्काशन प्रकृया अघि बढ्नेछ । हकप्रद सेयर बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।