
- अर्थ सरोकार सम्बाददाता
भैरहवा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखाले १२ लाखको बीमा दाबी रकम भुक्तानी गरेको छ । रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं. ६ निवासी स्व. आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई मृत्युदावी माग गरेको ४८ घण्टा भित्रमै १२ लाख रुपैयाा बीमाङ्क रकम, काजक्रिया खर्च ५० हजारसहित एक वर्षको बोनस वापत् ४२ हजार रुपैयाँ गरि एकमुष्ठ रु १२ लाख ९२ हजार भुक्तानी गरेको हो ।
मृतक राईले २०७७ साल चैत्र ३१ गते १२ लाखको वार्षिक अग्रिम भुक्तानी योजना १ लाख ६ सय ७१ रुपैयाँ तिरी खरिद गरेकी थिइन् । उनको २०७८ साल बैसाख २९ गते कोभिडको कारणले निधन भएको थियो । दाबी भुक्तानी कार्यक्रममा भैरहवा एरिया प्रबन्धक नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, एजेन्सी मेनेजर राधिका कुँवर र मृतक राईको सः परिवारको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्