×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसले ल्यायो नयाँ योजना, अष्ट्रेलियाबाट नेपालमा रकम पठाउँदा कुनै शुल्क नलाग्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटी एक्सप्रेसले ल्यायो नयाँ योजना, अष्ट्रेलियाबाट नेपालमा रकम पठाउँदा कुनै शुल्क नलाग्ने

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड-१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेब साइट (www.cityexpressmoneytransfer.com.au) बाट पठाउन सकिन्छ ।
कोभिड -१९ को कारण यस बिषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोचले यो योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन् । हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबै भन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ । सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: