×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्री शाहले गरे नेपालकै सबैभन्दा ठूलो सिटीहलको निरीक्षण, प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन हुने (भिडियो रिपार्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मन्त्री शाहले गरे नेपालकै सबैभन्दा ठूलो सिटीहलको निरीक्षण, प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन हुने (भिडियो रिपार्ट)

२५ बैशाख २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । शहरी विकास मन्त्री प्रभु शाहले ललितपुरको गोदावरीमा निर्माणाधिन नेपालकै सबै भन्दा ठूलो सम्मेलन हल ‘सिटीहल’को निरीक्षण गर्नुभएको छ । एकसाता पछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सिटीहलको शुक्रबार मन्त्री शाहले निरीक्षण गर्नुभएको हो । मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारी सहित सिटीहलको निरीक्षणमा जानुभएको हो । निरीक्षणको क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अधिकारीहरुले भवन निर्माणको प्रगतिबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए । २०७६ कात्तिक २० गते निर्माण सम्झौता भएको सो भवन निर्माणका सम्पन्नका लागि म्याद थप सहित २०७७ चैत मसान्त सम्मको समय दिईएको थियो ।
गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाईएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ । ३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याईएको छ । ध्वनी अवशोषित, भुकम्प प्रतिरोधी सो सिटी हलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्ने छन् । भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाईएको छ । आयोजना निरीक्षण पछि शहरी विकास मन्त्रालयका सचिव ई. रमेश प्रसाद सिंहले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही बैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
उदाउँदो सूर्यको आकृतिमा बनाईएकाले यसलाई गोदावरी सनसाईज नाम दिईएको पनि उहाँले जानकारी दिनुभयो । केसी समानान्तर जेभी काठमाण्डौले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैया र भेरिएसन सहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैया रहेको छ । आयोजना भित्र हुने आन्तरिक सडक निर्माण, बैगैचा तथा हरियालीको पुर्वाधार, कुर्सी, हलको साजसज्जा लगायतका कामहरु बाँकी नै छन् । सिटी हल अन्तराष्ट्रिय विमानस्थलबाट १५ दशमलब ८ किलोमिटर र चक्रपथबाट ९ दशमलब ५ किलोमिटर दुरीमा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: