×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ करोड रुपैयाँ बराबरको १३ टन कार्गो सिंगापुरबाट नेपाल आईपुग्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२५ करोड रुपैयाँ बराबरको १३ टन कार्गो सिंगापुरबाट नेपाल आईपुग्यो

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशमा फैलिएको कोभिड-१९ महामारीसँग लड्नका लागि १३ टन भन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट जेठ ८ गते शनिबार काठमाडौं आईपुगेको छ । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि.का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको हो ।
करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त अनुमानित मूल्यको कार्गो स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले एक संक्षिप्त समारोहमा हस्तान्तरण गरेका हुन् । यसमा १२३,००० भन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, (A* स्टार), ५००० बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २ Magec32 RNA निकासी मेसिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली-भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल Bi-PAP, नन्इ-न्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सीमीटरहरु समावेस छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ ।
तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी बेनेडिक्ट चिओङले एक वकतव्यमा भनेका छन्, ‘कोभिड-१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ ।’ सिंगापुर स्थित तामासेक फाउन्डेशनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड-१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसै गरी २०७२ को भूकम्प पछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो ।
मन्त्री त्रिपाठीले आफ्नो टिप्पणीमा भने, ‘अहिलेको कठीन घडिमा सिंगापुरको तामासेक फाउण्डेशन, लोटस लाइफ फाउण्डेशन तथा गोर्खा बु्रअरीवाट प्राप्त यो सहयोगको लागि सर्वप्रथम त म धेरै आभार व्यक्त गर्दछु । प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब यी सामग्रीहरु वितरण गरी कोभिड-१९ को उपचारमा तीव्रता ल्याउने कुरामा विश्वस्त गर्न चाहन्छु । कोभिड-१९ को माहामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा ब्रुअरीबाट आउँदो दिनहरुमा पनि यस्तै सहयोगको आशा गरिन्छ ।’ उक्त सामानहरु हस्तान्तरण गर्ने क्रममा गोर्खा बु्रअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड-१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु नेपाल सरकारलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरे ।
नेपाल सरकारबाट उक्त सामग्रीहरु प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास पनि व्यक्त गरे । गोर्खा बु्रअरीबाट यसअघि पनि विभिन्न विषम परिस्थितिमा नेपाल सरकार तथा अन्य विभिन्न क्षेत्रहरुमा निरन्तर रुपमा विभिन्न सहयोग गर्दै आएको छ । २०७२ को भूकम्पमा पनि यस कम्पनीबाट नेपाल सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको थियो । लोटस लाइफ फाउण्डेशन सिंगापुरले तामासेक फाउन्डेशन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै यस उपकरणले फ्रन्टलाइन स्वास्थ्य-सेवाकर्मीहरूलाई महामारीलाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ भन्ने आशा गरेका छन्, जसले नेपालमा ६००० भन्दा बढीको ज्यान लिइसकेको दावी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: