Skip to content
LAXMI SUNRISE BANK

प्रतिनिधिसभाका चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नयाँवानेश्वरस्थित संघीय संसदभवनमा आज विहिबार पनि कोभिड १९ परीक्षणका लागि स्वाव लिने कार्य जारी छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि हिजो र आज दुईदिन गरि स्वाव संकलन गरेको हो । हिजो स्वाव दिन छुटेका सांसदहरुले आज लोत्से हल पुगी स्वाव दिएका छन् । 
त्यसैगरी अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने सचिवालयले जनाएको छ । यसैबीच हिजो बुधबार स्वाव दिएका ४ जना सांसद र २ जना सचिवालयका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संघीय संसद सचिवालयले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK