
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नयाँवानेश्वरस्थित संघीय संसदभवनमा आज विहिबार पनि कोभिड १९ परीक्षणका लागि स्वाव लिने कार्य जारी छ । संघीय संसद सचिवालयले आगामी २७ गतेको प्रतिनिधिसभा बैठकको तयारीका बैठकमा आवश्यक सम्पुर्ण जनशक्तिहरुको कोभिड १९ संक्रमणको परिक्षणका लागि हिजो र आज दुईदिन गरि स्वाव संकलन गरेको हो । हिजो स्वाव दिन छुटेका सांसदहरुले आज लोत्से हल पुगी स्वाव दिएका छन् ।
त्यसैगरी अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने सचिवालयले जनाएको छ । यसैबीच हिजो बुधबार स्वाव दिएका ४ जना सांसद र २ जना सचिवालयका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संघीय संसद सचिवालयले जनाएको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्