
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । कोभिड १९ संक्रमणको दोश्रो लहरसंगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि काठमाण्डौ महानगरपालिकाले विहिबार देखि पिसिआरका लागि स्वाव संकलन गर्ने काम सुरु गरेको छ । काठमाण्डौ महानगरपालिकाले कन्ट्रयाक्ट टे«सिङमा परेका र लक्षण देखिएकालाई निशुल्क पिसिआर परीक्षण गर्नका लागि स्वाव संकलन गर्ने गरेको थियो । कोभिड संक्रमणमा कमि आएपछि महानगरले ५ वटा केन्द्र तोकेर व्यवस्थापन गरेको थियो ।
तर केन्द्र नपरेको स्थानमा पनि आवश्यकताका आधारमा पिसिआरका लागि स्वाव संकलनको व्यवस्था मिलाउँदै आएको महानगरले आफ्ना स्वास्थ्यकर्मी लगायत त्यस कार्यमा जुट्ने कर्मचारीहरुमा कोभिड संक्रमण देखिएपछि केही समय स्वाव संकलनको कामलाई स्थगत गरेको थियो । दोश्रो लहरमा लक्षण सहितका संक्रमितको संख्या अत्याधिक वृद्धि भएको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर भएपनि पिसिआरका लागि स्वाव संकलन कार्यलाई पुन सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरि बहादुर कुँवरले जानकारी दिनुभयो ।
यसअलावा महानगरले सबै नगरबासीको स्वास्थ्यलाई मध्यनगर गरि जनचेतना जगाउने कार्य पनि गरिरहेको जनस्वास्थ्य प्रमुख कुवँरले बताउनुभयो । महानगरपालिकाले बिहान बढी भीडभाड हुने तरकारी, फलफुल पसल लगायत स्थानमा माईकिङ गरेर सचेतना कार्यक्रम सुरु गरेको छ । त्यसैगरी वडा वडामा पनि सचेतना फैलाउनुको साथै संक्रमित भएर घरमै बसेका विरामीको व्यवस्थापन, सहयोग र उपचारका लागि सचेतना टिम गठन गरेर ३२ वटै वडाले काम गर्ने गरि सचेतना टिम घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । महानगरले विषम परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस् भनेर विपन्न परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने गरि वडाहरुलाई समन्वय गर्ने गरि काम गरिरहेको जनस्वास्थ्य प्रमुख कुवँरले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्