×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

व्यवसायीले अक्सिजन भर्ने सिलिन्डर भनेर चीनबाट कार्वनडाइअक्साइड भर्ने सिलिण्डर ल्याएको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एक त सरकारले आग्रह गर्दा पनि चीनले नेपाललाई अक्सिजन भर्ने सिलिन्डर आवश्यकजति दिएन । त्यसमाथि व्यवसायीहरुले किनेर ल्याएको सिलिन्डर पनि अक्सिजन भर्ने सिलिन्डर नभई कार्वनडाइअक्साइड भर्ने सिलिन्डर रहेको खुलासा भएको छ । व्यवसायीहरुले ल्याएको सिलिन्डरको नोजलमा अक्सिजन भर्न मिलेको छैन, जसका कारण अहिले सो सिलिन्डरहरु थन्क्याईएको छ ।
लुम्बिनी अक्सिजन प्रालिमा अक्सिजन भर्न ल्याइएका ९० वटा अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न नमिलेको संचालक रमेश खनालले पुष्टी गरेका छन् । उनका अनुसार नोजलमा समस्या देखिएपछी अव भारतबाट नयाँ नोजल ल्याएर ती सिलिन्डरहरुमा अक्सिजन भर्ने तयारी गरिएको छ ।
‘चीनबाट व्यवसायीले ल्याएको सिलिण्डरमा नोजलमा समस्या भएर अक्सिजन भर्न मिलेको छैन । अव भारतबाट नोजल ल्याएर मात्र सो सिलिन्डरहरुमा अक्सिजन भर्न मिल्ने दखिएको छ । व्यवसायीले ल्याएका सिलिण्डरमा कार्वनडाइअक्साइड भर्न मिल्ने नोजल भएकाले यस्तो समस्या देखिएको हो ।’ खनालले अर्थ सरोकार डटकमसँग भने, ‘कार्वनडाइअक्साइड भर्ने नोजल भएका सिलिन्डरमा अक्सिजन भर्न मिल्दैन । त्यसैले नोजल नै परिवर्तन गर्नुपर्ने भएको छ ।
अक्सिजन भर्ने सिलिन्डर भनेर चिनियाँ व्यवसायीहरुले फसाए वा नेपाली व्यवसायीहरुले जानेर नै ल्याए भन्नेबारे भने कसैले बताउन चाहिरहेका छैनन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: