×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : संक्रमितले भरियो बेलझुण्डीको कोरोना अस्पताल, जाजरकोटमा बिरामीलाई स्टेचरमा अस्पताल लगिँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : संक्रमितले भरियो बेलझुण्डीको कोरोना अस्पताल, जाजरकोटमा बिरामीलाई स्टेचरमा अस्पताल लगिँदै

१९ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बेलझुण्डीस्थित कोरोना विशेष  अस्पतालमा उपचार गराइ रहेका कोरोना सङ्क्रमितहरुदेखि बिरामीलाई स्टेचरमा राखेर जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि लगिँदैसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइ रहेका कोरोना सङ्क्रमितहरु ।  कोरोना सङ्क्रमित ४३ जनाको यस अस्पतालमा उपचार भइरहेको छ । 
बिरामीलाई स्टेचरमा राखेर जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि लगिँदै । कोरोना भाइरस अत्याधिक बढेपछि सरकारले लागू गरेको निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन नचलेकाले बिरामीलाई पाँच घण्टा बोकेर अस्पताल  लैजानु परेको हो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कवाङमा निर्माणाधीन स्वास्थ्यचौकी भवन । सझौताअनुसार दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने भवन निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अझै सकिएको छैन् । 
महाकाली अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितका लागि अक्सिजन खरिद गर्न रु १० लाखको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गर्दै बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द। 
जिल्ला युवा समितिको कार्यालय तनहुँले आइतबार आयोजना गरेको कार्यक्रममा नवनियुक्त अध्यक्ष रिता ढकाललाई पदस्थापन गराउँदै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । 
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले  लागू गरेको निषेधाज्ञामा  आइतबार काठमाडौँको जडिबुटीमा गुडाइएका सवारी साधनको पास भए नभएको जाँच गर्दै सुरक्षाकर्मी । 
ललितपुरको च्यासलमा  च्यासः मंका खल, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कल मिलेर तयार पारिएको आइसोलेसन सेन्टर । कोरोना भाइरसबाट सङ्क्रमित भएका टोलवासीलाई  बचाउन गुठी घरमा अक्सिजन र बिरामी हेर्ने डाक्टरसहितको आइसोलेसन सेन्टर तीन वटा संस्था मिलेर  व्यवस्थापन गरेको हो ।
कोरोना भाइरसको  नियन्त्रण तथा रोमथामका लागि सरकारले लागू गरेको निषेधाज्ञामा आइतबार काठमाडौँको कोटेश्वर गुडिँरहेको  सवारी साधनको पास भए नभएको जाँच गर्दै सुरक्षा निकाय  । 
आलु भण्डारण गर्न  शित भण्डारमा लैजादै पाल्पा, रामपुर नगरपालिकाका किसान । यहाँ तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण भएपछि  किसानलाई आफ्नो उत्पादित सामग्री भण्डारण गर्न सहज भएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: