
दाङ । कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै ४ लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल केसीले उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
वाणिज्य सङ्घले १ लाख ५१ हजार, रोटरी क्लब अफ तुलसीपुर सिटीले ६२ हजार ३००, रोट्र्याक्ट क्लब अफ तुलसीपुरले ६५ हजार ३६०, लायन्स क्लब अफ दाङको तर्फबाट रु ५१ हजार, तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार र तुलसीपुर उद्योग वाणिज्य सङरघका उपाध्यक्ष ललितजङ्ग शाहबाट ११ हजार सहयोग गरेको उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष देवबहादुर केसीले जानकारी दिनुभयो ।
त्यस्तै तुलसीपुर-९ निवासी वीरबहादुर डाँगी, गोकर्ण डाँगी, टोपबहादुर डाँगी र भरत डाँगीकी आमा श्रीमती मित्रकुमारी डाँगीको नामबाट अक्सिजन प्लान्ट र तुलसीपुरको कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि रु ५० हजार सहयोग गर्नुभएको छ । कोभिड विपद कोषका सहजकर्ता तथा समाजसेवी विमल रिजालको पहलमा सो रकम सङ्कलन गरिएको हो । तुलसीपुर उधोग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले विपद्को घडीमा नागरिकको जीवन रक्षाका लागि आम व्यवसायीलाई सहयोगको अपिल गर्नुभएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्