×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० लाख लागतमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण हुँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

३० लाख लागतमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण हुँदै

४ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दार्चुला । व्यास गाउँपालिका­१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रमअन्र्तगत घोरेटो बाटो निर्माण भइरहेको हो । व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्रमअन्तर्गत निर्माण भइरहेको हो । यसअघि सो क्षेत्रमा पञ्चायतकालमा घोरेटो बाटो निर्माण गरिएको थियो । पञ्चायतकालयता मर्मत हुन नसकेको बाटो अहिले आएर प्रदेश विशेष योजनाअन्तर्गत निर्माण भइरहेको छ ।
प्रदेश सरकारको ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण तथा बाटो मर्मतको काम भइरहेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । छाङ्गरुदेखि कालापानीसम्म झण्डै १४ किलोमिटर बाटो पर्दछ । उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा पञ्चायतकालमा छाङ्गरुको स्थानीय कालापानी भएर तिब्बत व्यापारमा जाने बाटो हो । त्यो बेला यो क्षेत्रमा फराकिलो र घोरेटो बाटो थियो । भत्किएका केही ठाउँमा नयाँ बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘अहिले यो बाटो विगतकै जस्तो चौडा बाटो निर्माण भइरहेको छ ।
विगतमा स्थानीयवासीले आवतजावत गर्दै आएको यो बाटो पछिल्लो समय भारतले कालापानीमा आफ्नो सेना राखेपछि स्थानीयलाई आवतजावतमा रोक लगाएको छ । तीन वर्ष अघिसम्म स्थानीयले सहज रुपमा कालापानी क्षेत्रसम्म पूजा गरेर आउँथे । नेपालले आफ्नो भूमि भएको दाबी गर्दैै नक्सा प्रकाशन गरेपछि भारतले झन नेपालको भूमि मिचेर अगाडि बढेको उहाँको भनाइ छ । ‘हाम्रा बुबा बाजेहरु चीनको तिब्बत जाने, घोडा खच्चड लिएर हिड्ने पुख्र्यौली बाटो यहि हो’, व्यास १ का विमल बोहराले भन्नुभयो, ‘ठाउँठाउँमा अहिले पनि खच्चड बस्ने पडाउहरु छन् । भत्किएका घरहरु अहिले पनि देखिन्छन् । अहिले भारतले माथिल्लो कौवाभन्दा माथि जान रोक लगाएको छ ।’
निर्माणाधीन बाटोको जनप्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले संयुक्त टोलीले अनुगमन गरेको छ । वडाध्यक्ष बोहरा तथा छाङगरुस्थित ५० नम्बर गुल्मका सशस्त्र प्रहरीका डिएसपी धीरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली टोलीले केही सिमयअघि घोरेटो बाटोको अनुगमन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले व्यासमा विशेष कार्यक्रम सञ्चालन गरेको छ । भारतले लिपुलेक सडकको उद्घाटनपश्चात त्यस क्षेत्रमा भ्रमणमा पुगेका सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रका लागि प्रदेश सरकारले विषेश प्याकेज ल्याउने घोषणा गर्नुभएको थियो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: