
धनगढी । सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले सुरु गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा १० लाख आर्थिक सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना सङ्क्रमितको जीवनरक्षाका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवनरक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ ।
सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेअनुसार सहकारीले रकम उपलब्ध गराएको हो । क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नं ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ । सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिने संस्थाले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्