
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केहि समय अघि लेखापरीक्षकले हिसाब नै लुकाएको भन्दै लेखापरीक्षकहरुलाई नियमन गर्ने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले तत्कालीन लेखापरिक्षक राजश्री हुमागाईंले प्रचलित कानुन विपरित काम गरेको भन्दै नीजलाई कारवाहीका लागि संस्थाको अनुशासन समितिमा सिफारिस गरेको घटना सार्वजनिक भएपछी नेपाली सेयर बजारमा ‘बदमासीको बादशाह’का रुपमा कुख्याती कमाएको दिब्यश्वरी हाइड्रोपावर कुनै पनि बेला खारेज हुने खतरा बढेको छ ।
कम्पनीले नेटवर्थ २६ देखाएको छ भने प्रति सेयर आम्दानी -६.८५ देखाएको छ । अझ यो कम्पनीले पीइ रेसियोसमेत नेगेटिभ -आर्थात १८.२५ देखाएको छ । जवकी पीइ रेसियो माइनसमा हुने भन्ने कुरा सैधान्तिक रुपमा कतै पनि पुष्टी नहुने कुरा हो । आम्दानी नै नभएपछी मूल्य आम्दानी कसरी भयो र के का आधारमा पीइ रेसियो निकाल्ने भन्ने प्रश्न उठ्छ ।
नेपालमा धितोपत्र बोर्ड निकै कमजोर छ र यसको नियमन सार्है फितलो छ । यदी यहि कम्पनी विदेशमा हुन्थ्यो भने यसको सेयर सूचीकरण खारेज भईसक्ने तर्क विज्ञहरु गर्छन् । तर नेपालमा पनि धितोपत्र बोर्ड अलिकति मात्र जाग्ने हो भने यो कम्पनीको सेयर सूचीकरण नै खारेज हुन सक्ने सम्भावना भने बढेर गएको छ
अघिल्लो पटक यो कम्पनीमा हदैसम्मको अनियमितता भएको र सो अनियमिततालाई लेखापरिक्षकले नै ढाक छोप गर्न खोजेको भन्दै लेखापरीक्षण गर्ने राजश्री हुमागाईंलाई अहिले आइक्यानले कारवाहीको सिफारिस गरिसकेको छ ।
अघिल्लो पटक यो कम्पनीमा हदैसम्मको अनियमितता भएको र सो अनियमिततालाई लेखापरिक्षकले नै ढाक छोप गर्न खोजेको भन्दै लेखापरीक्षण गर्ने राजश्री हुमागाईंलाई अहिले आइक्यानले कारवाहीको सिफारिस गरिसकेको छ ।https://arthasarokar.com/2021/02/Dibyashwori-Hydropower.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्