×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बदमासीको बादशाह’ दिब्यश्वरी हाइड्रोपावरमा लगानी गर्नेहरु होसियार ! सेयर सूचीकरण कुनै पनि बेला खारेज हुने खतरा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बदमासीको बादशाह’ दिब्यश्वरी हाइड्रोपावरमा लगानी गर्नेहरु होसियार ! सेयर सूचीकरण कुनै पनि बेला खारेज हुने खतरा !

२१ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केहि समय अघि लेखापरीक्षकले हिसाब नै लुकाएको भन्दै लेखापरीक्षकहरुलाई नियमन गर्ने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले तत्कालीन लेखापरिक्षक राजश्री हुमागाईंले प्रचलित कानुन विपरित काम गरेको भन्दै नीजलाई कारवाहीका लागि संस्थाको अनुशासन समितिमा सिफारिस गरेको घटना सार्वजनिक भएपछी नेपाली सेयर बजारमा ‘बदमासीको बादशाह’का रुपमा कुख्याती कमाएको दिब्यश्वरी हाइड्रोपावर कुनै पनि बेला खारेज हुने खतरा बढेको छ ।
कम्पनीले नेटवर्थ २६ देखाएको छ भने प्रति सेयर आम्दानी -६.८५ देखाएको छ । अझ यो कम्पनीले पीइ रेसियोसमेत नेगेटिभ -आर्थात १८.२५ देखाएको छ । जवकी पीइ रेसियो माइनसमा हुने भन्ने कुरा सैधान्तिक रुपमा कतै पनि पुष्टी नहुने कुरा हो । आम्दानी नै नभएपछी मूल्य आम्दानी कसरी भयो र के का आधारमा पीइ रेसियो निकाल्ने भन्ने प्रश्न उठ्छ ।
नेपालमा धितोपत्र बोर्ड निकै कमजोर छ र यसको नियमन सार्है फितलो छ । यदी यहि कम्पनी विदेशमा हुन्थ्यो भने यसको सेयर सूचीकरण खारेज भईसक्ने तर्क विज्ञहरु गर्छन् । तर नेपालमा पनि धितोपत्र बोर्ड अलिकति मात्र जाग्ने हो भने यो कम्पनीको सेयर सूचीकरण नै खारेज हुन सक्ने सम्भावना भने बढेर गएको छअघिल्लो पटक यो कम्पनीमा हदैसम्मको अनियमितता भएको र सो अनियमिततालाई लेखापरिक्षकले नै ढाक छोप गर्न खोजेको भन्दै लेखापरीक्षण गर्ने राजश्री हुमागाईंलाई अहिले आइक्यानले कारवाहीको सिफारिस गरिसकेको छ ।
https://arthasarokar.com/2021/02/Dibyashwori-Hydropower.html
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: