
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लामो समय लकडाउन हुँदा सडकका कुकुरहरु भोकले छटपटाउन थालेका छन् । लकडाउनका कारण उनीहरुलाई खाने कुरा दिने कोहि नभएपछि र बजारमा उनीहरुले खाने कुरा भेटिन छोडेपछि उनीहरुलाई समस्या भएको हो । यसो त अघिल्लो लकडाउनका केहि समयमा कतिपयले कुकुरहरुलाई खाने कुरा खुवाएका पनि थिए । तर सधैं त्यो अवस्था नभएपछि कुकुरहरुलाई समस्या परेको हो ।
यसो त नेपालमा एनिमल राइट्सका नाममा डलरको खेती गर्नेहरु थुप्रै छन्, तर बजारमा भोका कुकुरहरुको स्थिति कस्तोसम्म छ भन्नेकुरा तस्विरले देखाउँछ । कतिपय कुकुरहरु प्लास्टिक टोकीरहेका देखिन्छन् भने कति फोहोरमा आहारा खोजिरहेका छन् । अघिल्लो पटक एनिमल राइटका नाममा कुकुरहरुलाई भोजन गराउनेहरुको पनि यसपटक बजेट सकिएको छ । अर्को पटकका लागि बजेट निकाशा नहुँदा उनीहरुको तमासा पनि सकिएको छ । जसका कारण कुकुरहरुको हरिबिजोग छ सडकहरुमा…
बाँकी फोटो फिचरमा हेर्नुहोस् :










