×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सामाजिक कार्यः बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाइ निःशुल्क खाना वितरण

PRIME CA

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सामाजिक कार्यः बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाइ निःशुल्क खाना वितरण

९ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
दोलखा । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चरिकोटले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाइ निःशुल्क खाना वितरण गरेको छ । संक्रमणबाट उपचार गराईरहेका विरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न संस्थाले लालिगुराँस यूवा क्लबको सहकार्यमा स्वास्थ्य मापदण्डको पालना गर्दै चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराई रहेका १ सय २३ जनालाई खाना वितरण गरेको हो ।
खाना वितरण कार्यक्रममा लालिगुराँस युवा क्लबका अध्यक्ष प्रबिन श्रेष्ठ, दोलखा उद्योग वाणिज्य महासंघका सचिब बिमल श्रेष्ठ र चरिकोट प्राथमिक स्वास्थ केन्द्रका इन्चार्ज बिनोद डैगाल र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक इन्द्रजित बोहराको सहभागिता रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: