×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : प्रशासकीय केन्द्रद्धारा डोल्पाका स्थानीयवासीहरुलाई खाद्यान्न वितरण, मातातीर्थ मन्दिर बन्यो सुनसान

PRIME CA

देश बोल्ने फोटो कथा : प्रशासकीय केन्द्रद्धारा डोल्पाका स्थानीयवासीहरुलाई खाद्यान्न वितरण, मातातीर्थ मन्दिर बन्यो सुनसान

२८ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले प्रशासकीय केन्द्रले डोल्पाका स्थानीयवासीहरुलाई खाद्यान्न वितरण गरेकोदेखि मातातीर्थ औंशीको दिन मातातीर्थ मन्दिर सुनसान बनेकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
डोल्पोबुद्ध गाउँपालिका डोल्पामा वितरण गर्न प्रशासकीय केन्द्रले ल्याएको चामल लिन आएका स्थानीयवासी । चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतबाट खाद्यान्न अभावका कारण समस्या भोग्दै आएका नागरिकलाई वितरण गर्न यहाँ ल्याइएको हो ।
कोरोना भाइरसको अत्यधिक सङ्क्रमण बढेपछि रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण सुनसान मातातीर्थ । आमा देहावसान भएकाहरु आजको दिन आमाका सम्झनामा मातातीर्थ आएर स्नान र मन्दिरको दर्शन गर्दछन् ।
पोखरा महानगरपालिका-६ जरेवरबाट मङ्गलबार बिहान देखिएको माछापुच्छ्रे ।
चन्द्रागिरि नगरपालिकाको कुहिरो डाँडाबाट देखिएको काठमाडौँ उपत्यका ।
नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सिमकोट विमानस्थलमा पु¥याइएका खाद्यान्न । कोरोनाको सङ्क्रमण अत्याधिक बढेका कारण केही दिन विमास्थलमै राखेर खाद्यान्न गोदाम लैजाने निर्णय गरिएको छ ।
काठमाडौँको बसुन्धारामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’ को मङ्गलबार निरीक्षण गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल । निरीक्षणका क्रममा उहाँले सम्बन्धित निकायलाई त्यहीँबाट टेलिफोन गरी निर्देशन दिनुभएको थियो ।
म्याग्दीको मालिका गाउँपालिका-५ मा वैशाख १४ गते भएको धाजेन्द्र पुनको हत्या र ११ वर्षीया बालिका बलात्कारको घटनामा संलग्न छ जनालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिँदै ।
दाङको शान्तिनगर गाउँपालिकामा अक्सिजन अभाव हुँदा एउटा सिलिन्डरबाट दुईजना बिरामीलाई अक्सिजन दिइँदै । अहिले जिल्लामा अक्सिजन अभाव छ ।
चन्द्रागिरि नगरपालिका वडा नं १३ मा निर्माण हुने मदन भण्डारी स्मृति उद्यान ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: