
डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा १ करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोनाले बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा डोटीका लागि भन्दै ४४० अक्सिजन सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ३८० इन्फ्रारेड थर्मामीटर, ३८० वटा पल्स अक्सिमिटर, ४५ थान पिपिइ सेट, २५ अस्पताल शय्या, मास्क, सेनीटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका कैलालीमा ८५ अक्सिजन सिलिण्डर, अछाम, बझाङ र डोटीमा प्रतिजिल्ला ७० अक्सिजन सिलिन्डर, ७० इन्फ्रारेड थर्मामीटर, ७० पल्स अक्सिमिटर र ७० थान पिपिइ सेट, तथा कञ्चनपुरमा ४५ थान अक्सिजन सिलिन्डर र २५ थान पिपिइ सेट वितरण गरिएको संस्थाका कोभिड-१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालनमा रहेका कोभिड अस्पतालमा ती स्वास्थ्य सामग्री प्रयोगमा ल्याइने छ । बाँकी रहेका स्वास्थ्य सामग्री प्रदेशका अन्य जिल्लामा वितरण गरिने जनाइएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्