
- अर्थ सरोकार सम्बाददाता
सेयर बजारका बादशाहका रुपमा परिचित निर्मल प्रधानको अन्तर्वार्तासहितको कार्यक्रम अर्थ सरोकारले प्रशारण गरेपछि धितोपत्र बोर्डले निर्मल प्रधानले दिएको अभिव्यक्ति केन्द्रित विज्ञप्ति निकालेसँगै सेयर बजारका जानकारहरु बोर्डप्रति रुष्ट हुन थालेका छन् । यसै क्रममा नेपाली पूँजीबजारका जानकार दुर्गाप्रसाद काफ्लेले पनि
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताको हितमा बोल्ने कि, दलाली प्रवृत्तिलाई पक्षपोषण गर्ने हो ?भनी प्रश्न उठाएका छन् ।
बोर्डले एक विज्ञप्ति जारी गर्दै बिभिन्न सामाजिक सञ्जार र मिडियाहरु मार्फत सेयरलाई प्रभावित पार्ने व्यक्ति तथा समूहलाई कारवाहि गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेपछि उनले यसबारे टिप्पणी गर्दै भनेका छन्- ‘आम लगानीकर्ताका हित विपरितका तथा नाम वेथितीमा सेबोन चु बोल्दैन तर, नयाँ लगानीकर्ताहरू फस्न हुदैन भनेर बोलेको कुरामा कसि लगाउँछ । के सबोनको पारा यहि हो ? लगानीकर्ता काफ्लेले संविधानमै वाक स्वतन्त्रता छ । संविधान विपरित वोल्नै नपाउने त होइन होला नि ? जवरजस्ती किन्न वा नकिन्न भन्न पाइदैन यदि कसैले गरेको भए कानुनी कठघरामा ल्याइनु पर्छ, तर कम्पनीको सहि विश्लेषण त गर्न पाईन्छ, विश्लेषणको आधारमा राम्रो र नराम्रो भन्न त पाइन्छ होला नि !’
काफ्लले आम लगानीकर्तहरुलाई सेयर वजारको वेथितीको बारेमा बोल्न आग्रह गर्दै सेबोनको कुम्भकर्ण निन्द्रा भंग गर्नु पर्ने बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्