×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिलिभर नेपालले मार्यो खुद नाफामा ५२१.४९% को छलाङ, प्रतिसेयर आम्दानी घटेर ५६९ रुपैयाँमा सिमित (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युनिलिभर नेपालले मार्यो खुद नाफामा ५२१.४९% को छलाङ, प्रतिसेयर आम्दानी घटेर ५६९ रुपैयाँमा सिमित (विवरणसहित)

Artha Sarokar

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले ५२१.४९% ले खुद नाफा बढाएर ३२ करोड १६ लाख रुपैयाँ कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । गत वर्ष कम्पनी ७ करोड ६३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । 
वित्तीय विवरण अनुसार कम्पनीको  समग्र उत्पादन तथा बिक्रीबाट हुने आम्दानी बढेर १ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यता कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी ३ करोड ४१ लाख रुपैयाँबाट घटेर ८१ लाख रुपैयाँमा खुम्चिएको छ । 
कम्पनीको प्रतिसेयर आम्दानी ५९२ रुपैयाँबाट घटेर ५६९ रुपैयाँ (वार्षिक) मा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ भने २१ सय ९९ सय रुपैयाँबाट बढेर २६ सय ६६ रुपैयाँ कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी