×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इसेवाद्धारा ‘इसेवा भर्चुअल फिस्टा’ योजना सुरू, १० हजार विद्यार्थीहरूले नि: शुल्क अनलाइनमार्फत भाग लिन पाउने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब १० हजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । यस भर्चुअल फिस्टामा स्नातक तथा स्नातोत्तरसम्मका विद्यार्थी उपस्थित हुन सक्नेछन् । यस कार्यक्रममा कार्यशाला तथा अन्तरक्रियाका शत्रहरू सञ्चालन हुनेछन् ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न र व्यक्तिगत तथा व्यवसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्न तथा सीप विकासका अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ । यसबाट विद्यार्थीहरूको लागि ब्यक्तिगत व्यावसायिक दृष्टिकोणबाट अवसरहरू सिकाउन तथा युवाहरुले व्यवसाय स्थापना गर्नको लागि अवसर तथा प्रशिक्षण प्रदान गर्नेछ ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मूख्य प्रायोजनामा फोनिक्स् कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र न्यू समिट कलेजले आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रममा, वित्तीय साक्षरता, महामारीको समयका अग्रपंतिका नायकलाई सम्मान, सेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिंग प्रतियोगिता जस्ता कार्यक्रम समावेश छन् । जेठ ७ गते शुक्रबारदेखि सुरू भएको यस कार्यक्रम जेठ २१ गते शुक्रबार सम्म सञ्चालन हुनेछ । यस कार्यक्रममा एमएस टिम्स् तथा आयोजक कलेजको आधिकारिक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण हुनेछ । सोही फेसबुक पेजमा गइ आफु सहभागी समेत हुन सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: