×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको बोर्डमा काठमाडौँ महानगरले किन पोत्यो ‘कालो मोसो’ ? गरेको रहेछ नियमविपरित यस्तो गलत काम…

अर्थ सरोकार

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार

PRIME CA

एभरेष्ट बैंकको बोर्डमा काठमाडौँ महानगरले किन पोत्यो ‘कालो मोसो’ ? गरेको रहेछ नियमविपरित यस्तो गलत काम…

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँमा मंगलबार एक दृश्य देखियो, जहाँ एभरेष्ट बैंकको बोर्डमा काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरुले एभरेष्ट बैंकको बोर्डमा कालो पोत्दै थिए । बुझ्दै जाँदा थाहा भयो कि बैंकले अनाधिकृत रुपमा काठमाडौँलाई फोहोर पार्नेगरी नियम मिचेर विभिन्न स्थानमा बोर्ड लगाएको रहेछ । र लकडाउनको मौका पारेर महानगरले त्यस्ता बोर्डहरुलाई हटाउन लागेको रहेछ । 
हो, लकडाउनको सदुपयोग गर्दै महानगरले किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम गरिरहेको छ । महानगरका अनुसार महानगरका ठूला ८ वटा आकाशे पुलमा राखिएका प्रचार सामग्री नगर प्रहरीले हटाएको छ । स्टिकर टाँसेर लगाइएका सामग्री उक्काउन कठिन भएकोले रङ पोतेर छोडिएको छ ।
‘व्यस्त समयमा सवारी आवागमनले असजिलो भएको काम लकडाउनका समयमा सहजगरी गर्दैछौं । यसैअनुसार विभिन्न बोर्डहरु हटाउने लगायतका काम गरिरहेका छौं ।’ नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटले भने,’अनाधिकृत रुपमा राखिएका बोर्डहरु हटाउने काम सुरु भएको छ भने भत्किएका वा टुक्रिएका बार, पिलर, खम्बालगायत सामग्री हटाउँदैछौं ।’
एभरेष्ट बैंकले एजेन्सीको सहयोगमा यसरी अनाधिकृत रुपमा काठमाडौँका विभिन्न स्थानमा बोर्ड राख्दै आएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: