
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २६औं वार्षिक साधारणसभा जेठ १० गते सोमबार (भोलि) हुने भएको हो । कम्पनीको उक्त साधरणसभा दिउँसो २ बजे प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुने भएको छ । उक्त सभाले कम्पनीको ८ प्रतिशत बोनस सेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीले सभामा वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, निर्जिवन बीमा व्यवसाय गर्न उपयुक्त कम्पनीसँग गाभ्ने, गाभने वा प्राप्ति गर्न सम्बन्धमा संचालक समितिलाई दिइएको अधिकारलाई निरन्तरता प्रदान गर्ने लगायतको बिषयमा छलफल गर्नेछ । गत वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र लाभांश पाउने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्