
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ‘कोभिड केयर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कोरोना संक्रमितको उपचारमा सघाउने उद्देश्यले किस्ताबन्दीमा तिर्न सकिने सुविधासहितको सो कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकका अनुसार सो योजनामा १० लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सकिनेछ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञामा बैंकले कर्जा लिन चाहनेलाई अनलाइनमार्फत यस सुविधा दिइएको बैंकले जानकारी दिएको छ । ४८ घन्टाभित्र ग्राहकबाट आवश्यक कागजात लिएर प्रक्रिया पूरा भएपछि उक्त कर्जा प्रदान गरिनेछ ।
कर्जा भुक्तानी सम्बन्धित अस्पताल तथा फार्मेसीलाई अनलाइनमार्फत खातामा स्थानान्तरण गर्ने व्यवस्था रहेको बैंकले बताएको छ । कर्जा सुविधाअन्तर्गत ग्राहकले आफ्नो तथा परिवारको कोभिड उपचार खर्चको ९० प्रतिशतसम्मको रकम अधिकतम ५ वर्षे अवधिका लागि लिन सक्नेछन् । मासिक किस्तामा तिर्न सकिने गरी वार्षिक ९ प्रतिशत ब्याजदरमा बैंकले कर्जा प्रदान गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्