×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८ अर्ब ४७ करोडको स्वदेशी वस्तु निर्यात, ११ वर्ष यताकै निर्यातमा उच्च वृद्धि

PRIME CA

चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८ अर्ब ४७ करोडको स्वदेशी वस्तु निर्यात, ११ वर्ष यताकै निर्यातमा उच्च वृद्धि

११ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो । विभागले सार्वजनिक गरेको चालु आव २०७७/७८ को पहिलो १० महिनाको (साउनदेखि वैशाखसम्म) तथ्याङ्कअनुसार यस अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो ।
सरकारले गत आव २०६६/६७ मा १ खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालु आवको १० महिनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो । यसैगरी दश महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।
तथ्याङ्कअनुसार यस वर्ष व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव चार र निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५९ प्रतिशतले घटेको छ । 
विभागको तथ्याङ्कअनुसार दश महिनामा ११ अर्ब ४५ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४३ अर्ब सात करोड ३० लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २१.४८ प्रतिशतले व्यापार घाटा भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: