
- कमल धिताल
फेसबुक विश्वको एक अग्रणी र लोकप्रिय सोशल नेटवर्किङ्ग साईट हो। फेसबुक अकाउन्ट नभएक मानिसहरु सायद कमै होलान् । नेपालमा पनि सबैभन्दा धेरै प्रयोग गरिने सोसल मिडिया फेसबुक नै हो । फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? फेसबुक सुरक्षा सेटिंग्स कसरी सुरक्षित गर्ने ? आज हामी यहाँलाई फेसबुक अकाउन्ट कसरी सुरक्षित गर्ने भन्ने बारेमा जानकारी दिँदैछौँ ।
केहि समय अगाडी कलाकार दीपा श्री निरौला लगायतका कलाकारको फेसबुक ह्यक भएको समाचार बाहिर आएको थियो । विशेषगरी फेसबुक ह्यक हुनुमा बलियो पास्वर्डको प्रयोग नहुनु र सेटिङको उचित प्रयोग न गर्नु नै मुख्य कारण रहेको देखिन्छ । तल ५ सामान्य तरिकाहरु जसले तपाईको फेसबुक खातालाई ह्याकरहरूबाट सुरक्षित राख्छ ।
१. बलियो पास्वर्डको प्रयोग गर्नुहोस्
पास्वर्ड बलियो राख्नुहोस किन कि पासवर्ड नै तपाईंको फेसबुक अकाउन्टको मुख्य सुरक्षा दिने माध्यम हो । ठाउँको नाम आफ्नो मन पर्ने साथीको नाम मन पर्ने जनाबरको नाम प्रयोग नगर्नुहोस् यस्ता पासवर्ड तपाईंको नजिकका ब्यक्तीले अनुमान गर्न सक्छन साथै स्पेसल क्यारेक्टरको प्रयोग गर्नुहोस् जस्तै ३१४ । सकेसम्म पासवर्ड जेनेरेटरको प्रयोग गर्नुहोस । साथै, तपाईको पासवर्ड प्रत्येक छ महिनामा एक पटक मात्र फेसबुकको लागि मात्र नभएर सबै ठाउँमा परिवर्तन गर्नुहोस्।
पासवर्ड परिवर्तन गर्न
दाया तर्फको माथि भागमा रहेको मेनुमा जानुहोस सेटिंग्स >> जेनेरल >> पासवर्ड >>
२. मोबाइल नम्बर भेरीफिकसन
तपाईंको मोबाईल नम्बर भेरीफिकसन गर्नाले फेसबुक सुरक्षालाई सुदृढ बनाउँछ। तपाईंले आफ्नो अकाउन्टको पासवर्ड बिर्सनुभयो भने फेसबुकले तपाइँको मोबाइल नम्बरमा इत्ए पठाउँदछ र तपाइँ आफ्नो फेसबुक अकाउन्ट पासवर्ड रिसेट गर्न सक्नुहुन्छ।
मोबाईल नम्बर भेरीफिकसन गर्न सेटिङमा जानुहोस् र आफ्नो नम्बर हाल्नुहोस् अनि आएको भेरीफिकसन कोड राखेर भेरीफिकसन गर्नुहोस् ।
३. ‘लागिन अप्रुभल’ सक्रिय गर्नुहोस्
लगइन अप्रुभल फेसबुकद्वारा प्रदान गरिएको एक सुरक्षा सुविधा हो, र यसले तपाईलाई सुरक्षा कोड प्रदान गर्न प्रत्येक पटक तपाईको फेसबुक खातामा अपरिचित डिभाइसहरूबाट लगइन गर्दा कोड राख्नुपर्ने हुन्छ । लगइन अप्रुभल सक्रिय गर्न, अकाउन्ट सेटिंग्समा गएर लग इन अप्रुभल अन गर्नुहोस् ।
४.स्पाम लिन्क नखोल्नुहोस्
मेसेन्जरमा आउने सबै लिन्कहरु नखोल्नुहोस । आफ्नै बिश्वास गरेको साथीहरुबाट पनि यस्ता स्पाम लिन्कहरु आउने गर्छन । केहि समय अगाडी यो तिम्रो फोटो हो भन्ने स्पाम लिन्कले धेरै प्रयोग कर्ताहरुको अकाउन्ट ह्यक भएको थियो । लिन्क खोल्नु अगाडी लिन्क साथीले पठाएको हो वा होईन कस्तो लिन्क हो सबै बुझेर मात्र अगाडी बढ्नुहोस नत्र तपाईं अकाउन्टको डाटा पनि असुरक्षित हुनसक्छ ।
५. साइन आउट गर्नुहोस्
तपाईंको फेसबुक खाताबाट लग आउट गर्न कहिल्यै नबिर्सनुहोस् मोबाईलमा फेसबुक प्रयोग गरेपछी हामी लग आउट गर्दैनौ यही बानी हामी साइबर काफे वा अफिसमा पनि लग आउट गर्न बिर्सौछौ यसले गर्दा हाम्रो फेसबुक अकाउन्ट असुरक्षित हुन जान्छ । प्रयोग गरिसकेपछी लग आउट गर्न नबिर्सनुहोस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्