×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फिट इन्टरनेशनल र फेसबुकबीच सम्झौता, अब विज्ञापन र इनभ्वाइस बिलिङमार्फत ट्रयाक गर्न सकिने

PRIME CA

फिट इन्टरनेशनल र फेसबुकबीच सम्झौता, अब विज्ञापन र इनभ्वाइस बिलिङमार्फत ट्रयाक गर्न सकिने

२७ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ । नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ । अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन् । फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक्तानी अनौपचारिक रूपमा गरिने हुनाले देशको अर्थव्यवस्थामा हानी भइरहेको छ ।
फेसबुकको अनौपचारिक तथ्यांक अनुसार नेपाली व्यावसायीहरुले फेसबुक विज्ञापनमा हरेक वर्ष लगभग २ अर्ब खर्च गरिरहेको छन्, जसमध्ये धेरैजसो कारोबार अनौपचारिक रूपमा हुनाले त्यसको हिसाब किताब देखिँदैन । फिट र फेसबुकको साझेदारीले फेसबुकमा चल्ने विज्ञापनहरू अब इनभ्वाइस बिलिङ मार्फत ट्रयाक गर्न सकिन्छ । अब नेपाल सरकारले फेसबुक विज्ञापनका लागि गरिएको प्रत्येक लेनदेनको तथ्यांक र हिसाब किताब राख्न सकिनेछ । यसरी औपचारिक माध्यमबाट भुक्तानी गर्न अनुमति दिनाले देशको राजस्व बढाउनसँगै सम्बन्धित सबै पक्षहरूका लागि सहजता थपिने विश्वास कम्पनीको छ ।
फिट इन्टरनेशनल नेपाली विज्ञापन क्षेत्रमा नाम बनाउँदै गरेको संस्था हो, जसले दक्षिण एसियामा डिजिटल मार्केटिङमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ । फिट इन्टरनेशनल फेसबुक विज्ञापनको आधिकारिक विक्रेता हुनका साथै, ओहो डोमेन, भाइबर बिसिनेस मेसेजएज र साउटआउटको पनि विक्रेता हो । यसको स्थापनादेखि नै फिटले आफ्नो ग्राहकहरू उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत रवि सिंघलले भने, ‘हामी विश्वास गर्छौ कि जब उद्योग आफै ठूलो र राम्रो हुन्छ तब हामी सबैले फाइदा प्राप्त गर्छौ । यो साझेदारी फिट इन्टरनेशनलको तर्फबाट गरिएको भए पनि सबै एजेन्सीहरू र ब्रान्डका लागि एक महत्त्वपूर्ण उपलब्धि प्रतिनिधित्व गर्दछ । हामी भविष्यमा पनि उद्योगलाई फाइदा पुर्याउने साझेदारी ल्याउन चाहन्छौँ।’
फिट इन्टरनेशनलले व्यवसायहरूलाई मार्केटिङ र ब्रान्डीङ सम्बन्धी विविध सेवा तथा परामर्श दिँदै आएको छ । नेपालमा डिजिटल मार्केटिङलाई सकारात्मक दिशातर्फ लान फिट इन्टरनेशनल र फेसबुकको साझेदारी निश्चय नै सकारात्मक हुने विश्वास कम्पनीले लिएको छ । अब फेसबुकमा विज्ञापन गर्न चाहने हरेक व्यवसायले सजिलै अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् । यसरी गरिएको भुक्तानी नेपाल राष्ट्र बैंकको मान्यता प्राप्त हुनाका साथै आईआरडी गाइडलाइन पनि पूर्ण रूपमा पालना गरिने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: