×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटको नयाँ व्यवस्था : साउन १ गतेदेखि युट्युब र फेसबुकबाट आएको आम्दानीमा १ प्रतिशत सरकारलाई जाने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बजेटको नयाँ व्यवस्था : साउन १ गतेदेखि युट्युब र फेसबुकबाट आएको आम्दानीमा १ प्रतिशत सरकारलाई जाने !

१६ जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । के तपाईं युट्युब वा फेसबुकबाट आम्दानी गरिरहनुनभएको छ ? छ भने तपाईंले तपाईंको आम्दानीको १ प्रतिशत रकम सरकारलाई बुझाउनुपर्ने भएको छ । आगामी साउन १ गतेदेखि लागु हुनेगरी यस्तो व्यवस्था आएको हो । कुनै व्यक्तिले नेपालबाहिर सफ्टवेयर वा यस्तै अन्य विद्युतीय सेवा उपलब्ध गराएबापत विदेशी मुद्रामा भुक्तानी प्राप्त भएका बखत सम्बन्धित बैंक वा मनी ट्रान्सफरले त्यस्तो भुक्तानी प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने नौलो व्यवस्था गरेपछी १ प्रतिशत सरकारलाई बुझाउनुपर्ने भएको हो । सरकारले उल्लेख गरेको ‘अन्य’ सेवाभित्र फेसबुक र युट्युबको पैसा पनि पर्छ ।
यद्यपी यो नियम कार्वन्वयनमा समस्या भने देखिने प्रष्ट छ । विदेशमा रोजगारीका माध्यमबाट आउने र यस्तो सेवाबापत आउने रेमिट्यान्सको वर्गीकरण गर्न व्यावहारिक रूपले जटिल हुने भएकाले यो व्यवस्थाको व्यावहारिक प्रयोग चुनौतीपूर्ण देखिने कर विश्लेषकहरुको भनाइ छ ।
यसो त सरकारले बजेटमार्फत धेरै कुरामा कर छुट दिएको छ । यद्यपी रक्सी, चुरोटका पारखीहरु र युट्युव र फेसबुकमार्फत आम्दानी गरिरहेकाहरुलाई भने बजेटले करको भार थपेको छ ।
युट्युब र फेसबुकगरी बार्षिक अरवौं रुपैयाँ नेपाल भित्रिने गरेको छ । नेपालमा युट्युब का कन्टेन्ट क्रिएटरहरुले युट्युब बाट मासिक लाखौँ रुपैयाँ कमाउने गरेका छन् । यता फेसबुकको इन्स्ट्या न् ट आर्टिकल, र भिडियो ब्रेकरबाटसमेत पनि नेपालीहरुले मनग्य पैसा कमाउँदै आएका छन् । यसरी पैसा नेपाल भित्र्याउनेमध्ये अधिकांस संचारमाध्यमका संचालकहरु छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: