×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामारीमा उद्योग वाणिज्य महासंघद्वारा कोभिड १९ सहायता केन्द्र’ गठन (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महामारीमा उद्योग वाणिज्य महासंघद्वारा कोभिड १९ सहायता केन्द्र’ गठन (भिडियो रिपोर्ट)

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गठन भएको सहायता केन्द्रले कोभिड १९ संक्रमणमा परेकालाई सेवा प्रवाह गर्न सहजीकरण र समन्वय गर्नेछ । कोभिड १९ सहायता केन्द्रले ६ वटा सहायतका क्षेत्रहरुको पहिचान गर्दै महासंघ सदस्यहरुलाई जिम्मेवारी समेत तोकेको छ । 
यससँगै महासंघले सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्फत सम्पर्क गरि सहयोग लिन सकिने जनाएको छ । अक्सिजन सिलिण्डरको व्यवस्थापनको जिम्मेवारी महासंघका उपाध्यक्ष रामचन्द्र सांघाइ र ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई दिइएको छ । यस्तै, अस्पताल तथा आइसालेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित) ,बाबुकाजी कार्की र केयुर गौतमलाई जिम्मेवारी दिईएको छ ।
एम्वुलेन्स तथा आइसोलेसन केन्द्रको व्यवस्थापनका लागि रञ्जितराज आचार्य, औषधि तथा मेडिकल उपकरणको जिम्मेवारी प्रवलजंग पाण्डे र भक्त हमाललाई दिईएको छ भने होटल र हवाई यातायात व्यवस्थापनका लागि ज्योत्सना श्रेष्ठ ,विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी दिइएको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले महासंघको सहायता केन्द्रबाट समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका सर्वसाधारणलाई सहयोग पुग्ने बताउनुभयो । महासंघले काठमाडौँ उपत्यकामा २०० बेडको आइसोलेसन केन्द्र बनाउन लागेको उहाँले जानकारी दिनुभयो ।
 कोभिड संक्रमण बढेर देश नै अस्तब्यस्त हुन लागेको बेला नीजि क्षेत्रको छाता संगठनले सहायताको लागि अग्रसरता देखाएको छ । यो क्रम निरन्तर रहने र नीजि क्षेत्रका संस्था तथा व्यवसायी एक भएर कोभिड बिरुद्ध लड्न जनता र सरकारलाई सघाउने बरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो । कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले सहकार्यका लागि आग्रह गरेपनि नीजि क्षेत्रले बेवास्ता गरिरहेको भन्दै समाचार आउन थालेपछि महासंघले सक्रियता देखाएको हो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: