×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निषेधाज्ञा लम्बिएपछि उपत्यकामा ज्याला मजदुरी गर्नेहरुको बिजोक ! खाना खानसमेत संस्थाको भर पर्दै (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संघीय राजधानी काठमाण्डौमा दुईसाता लामो निषेधाज्ञा भएपछि दैनीक ज्याला मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरु ठूलो समस्यामा परेका छन् । केही दिनका लागि आफुले कमाएको २/४ रुपैयाले दुई छाकको जोहो गर्दे आएकाहरु निषेधाज्ञा लम्बिदै गएपछि समस्यामा परेका हुन् । यसरी बिहान साँझ खाना खानसमेत समस्या परेकालाई विभिन्न संघ संस्थाहरुले पिच रोड मा नै राखेर खाना खुवाउन थालेका छन् ।
कोभिड १९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाईएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न प्यालेसहरुमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटो बाटोमा नै खाना खुवाउने र खानेहरु देखिएका छन् ।
यसैबीच, निषेधाज्ञाको १४ औ दिन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाई गरेपनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारी साधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन । अघिल्ला दिनहरुमा जसरी नै सवारी साधन सञ्चालनमा छन् । सवारी अनुमति नभएका र विना काममा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डि सेन्टरमा राखेको छ । कतिपयलाई १ सय रुपैया जरिवाना पनि गरेको छ । कोभिड १९ संक्रमणको जोखिम न्युनीकरणका उपत्यकाका तीनै जिल्लामा बैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: