Skip to content
LAXMI SUNRISE BANK

शुक्रबारदेखि श्रम स्वीकृति दिन बन्द, अनलाइनमार्फत सेवा दिईने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । शुक्रबारदेखि श्रम स्वीकृति दिने कार्य बन्द हुने भएको छ । सरकारले निषेधाज्ञा लागू गरेसँगै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द भएपछि वैदेशिक रोजगार विभागले भौतिक रुपमा उपस्थित भएर दिने सेवा शुक्रबारदेखि बन्द गर्न मातहतका श्रम कार्यालयहरुलाई निर्देशन दिएको हो । यद्यपि अनलाइनमार्फत भने श्रम स्वीकृति दिईनेछ ।
विभागको निर्देशन अनुरुप भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु जस्तो अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएसम्मको लागि बन्द गरेको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने प्रदान गरिने कार्यालयले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK